२५ वर्षीया आमाबाट एकैपटक तीन सन्तान, सबै शिशु स्वस्थ्य

धनगढी । धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा २५ वर्षीया आमाले तीन सन्तानलाई जन्म दिएकी छन् ।
धनगढी उपमहानगरपालिका ७, देवरियाकी सज्जनदेवी डगौंरा दोस्रोपटक आमा बनेकी हुन् ।

उनले निसर्ग अस्पतालमा एक छोरी र दुई छोरा स्वस्थ्य अवस्थामा जन्माएको अस्पतालले जनाएको छ ।

सज्जनका श्रीमान शिवचरण डगौराका अनुसार छोरीको तौल २१ सय ग्राम छ भने छोराहरु २६ र २३ सय ग्रामका छन् ।

अप्रेसन गरेर सन्तान जन्माएपछि आमा र शिशुहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।