बाँदरबिरुद्ध हलो, जुवा र कोदालो लिएर बिरोध जुलुस, बाँदरको परिवार नियोजन गर्न माग

दिक्तेल । बाँदरले निकै दुःख दिएपछि खोटाङका किसान बिरोधमा उत्रिएका छन । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध जुलुस निकालेका हुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न भन्दै कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् ।

‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध ¥याली त्रिवेणीचोक हुँदै नगरपालिका पुगेको थियो ।

¥यालीपछि सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए ।

गत फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिलाई ज्ञापनपत्र दिने निर्णय गरेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । किसानले गत मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए ।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाएर हैरान पारे पनि हालसम्म नियन्त्रणको भरपर्दो विधि फेला नपरेकाले बाँदरलाई खोरमा थुन्ने व्यवस्था गर्न माग गरिएको अध्यक्ष घिमिरेले बताए ।

ुबाँदरको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले अन्नपात जोगाउन सकिएनँु, उनले भने, ‘बाँदर मार्न पाइँदैन भने खोरमा थुनेर राख्ने व्यवस्था गरियोस्, त्यही दानापानी दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो ।’