आजसम्म नेपालमा कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’

काठमाडौं । नेपालमा आइतबारसम्म कारोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएका सबै व्यक्तिमा नतिजा ‘नेगेटिभ’ देखिएको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म चार सय ६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ भएको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, ुवृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने भएकाले विश्वमा कोरोनाका कारण बढी तिनकै मुत्यु भएको देखिन्छ, कोरोना विशेष गरी ७८ प्रतिशत ज्वरो, ६७ दशमलव सात प्रतिशत सुक्खा खोकी, १८ दशमलव छ प्रतिशत स्वास फेर्ने कठिनाइका कारण हुने गर्छ ।ु

मुलुकका १८ जनस्वास्थ्य विज्ञ कोरोना परीक्षण गर्न परिचालित छन् । मन्त्रालयले नेपाल प्रवेश गर्ने ४३ नाकामा सहायता कक्ष राखेको बताइएको छ । नेपालका तीन अस्पतालमा सघन उपचार गरिने व्यवस्था मिलाइएको सिंहले जानकारी दिए । ुमुलुकमा कोरोनाको सङ्क्रमण फैलियो भने जनता भोको हुन्छ भनी सरकारले छ महिनालाई पुग्ने अन्न पनि भण्डारण गरेको छु, उनले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा वासुदेव पाण्डेले हरेक व्यक्तिले आफ्नो सरसफाइ र सामाजिक वातावरणमा ख्याल गरी ध्यान पु¥याउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने औँल्याए ।

यसअघि सन् २००४ मा एचएसएनए, सन् २००५ मा एचएसएन–७, सन् २००९ मा एचवानएन–१, २०१२ मा एमइआरएस–कोभ, सन् २०१८ मा निपाच सूक्ष्म जीवाणु र २०१९ मा कोभिड–१९ गरी पटकपटक आएको देखिएको हुँदा यसबाट डराएर भाग्नाका साथै समाधानमा लाग्नुपर्ने उनले बताए । ंंं