मेगा बैंकका ग्राहकलाई घरमै नर्सिङ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई शुलभ हेल्थ होमले विशेष छुटसहित घरमै नर्सिङ सेवा दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधामा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले बिभिन्न अस्पताल तथा स्वास्थय संस्थासँग सम्झौता गरिसकेको छ ।