टीकापुर नगरपालिका २० वर्षे गुरुयोजना बनाउँदै

टिकापुर । टीकापुर नगरपालिकाको २० वर्षे नगर बृहत् योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बृहत् योजनाको निर्माणको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी मस्यौदामा भएका विषयबारे जानकारी दिइएको छ ।

योजना निर्माणको काम ९० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । योजनाको मस्यौदामाथि नगरपालिकाका नौ वटै वडास्तरमा सुझाव सङ्कलनको काम सकेर नगरपालिकास्तरीय सुझाव लिइएको छ ।

बृहत् योजनाभित्र २० वर्षे भिजनसहित दीर्घकालीन लक्ष्य, प्राथमिकताका क्षेत्र समावेश गरिएका छन् । योजनामा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासनजस्ता विषयगत क्षेत्र समावेश छन् ।

ुराष्ट्रिय योजना आयोगले सबै स्थानीय तहलाई आफ्नो प्रोफाइल (पाश्वचित्र) बनाउ भनेको छ । सुदूरपश्चिममा टीकापुर एउटा मात्र नगरपालिका हो, जसले पाश्वचित्र निर्माण गरिसकेको छ र बृहत् योजना बनाउँदैछु, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ुनगरपालिकाको समग्र वस्तुस्थितिसहितको पाश्वचित्र विसं २०७५ मा निर्माण भइसकेको छ, यो सुदूरपश्चिममै नयाँ प्रयोग हो ।ु
उनले २० वर्षपछिको नगरपालिका कस्तो बनाउने भन्ने रोडम्याप तयार भएको जिकिर गरे् । ुयोजना निर्माणमा विज्ञले मात्र काम गर्ने चलन छ, यहाँचाहिँ नगरभरिका नौ वटै वडाका ६४१ नगरवासीको सहभागितामा योजना बनाइएको होु, कमिटेड नेपालका कन्सल्टेन्ट परमानन्द पाण्डेले भने, ुअब नगरवासीका सुझाव समावेश गर्न बाँकी छ, अबको एक महिनामा योजना तयार हुन्छ ।ु