कोरोनाबाट नआत्तिन सुझावसहित विश्व स्वास्थ्य संगठनको अपिल

एजेन्सी । विश्व स्वास्थ्य संगठनले रोग प्रतिरोधात्मक क्षमता बढाउन अपिल गरेको छ । खानपीन र जीवनशैलीमा विशेष ध्यान संगठनले सुझाएको छ ।

संगठनका महानिर्देशक अधानोम टेड्रोसले जेनेभामा पत्रकार बिफ्रिङमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड नाइन्टिनको संक्रमण कम हुने बताए । यसका लागि खानपीनमा ध्यान दिन आग्रह गरे । विश्व स्वास्थ्य संगठनका सुझावहरुः-

अल्कोहल र मादक पदार्थ नखाने ।

० खानपीनमा विशेष ध्यान दिने । पौष्टिक र सन्तुलित आहार लिने ।

० धुमपानबाट टाढा रहने । धुमपानले प्रतिरोधात्मक क्षमता घटाउने र विभिन्न किसिमका रोग उत्पन्न गराउने हुँदा कोभिड नाइन्टिनको संक्रमण उच्च रहन्छ ।

० शारीरिक व्यायाममा विशेष ध्यान दिने । व्यायामले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने भएकाले शारीरिक व्यायामलाई प्राथमिकतामा राख्नुपर्नेमा विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

० दिनमा युवालाई ३० मिनेट र बच्चालाई एक घण्टा शारीरिक व्यायाम गर्न संगठनले सुझाएको छ ।

० सकेसम्म घरबाट बाहिर ननिस्कने । घरमा बसिरहँदा योग गर्ने, संगीत सुन्ने, नाचगान गरेर स्र्फुत रहने । कार्यालय जानैपर्ने भए एउटै पोजिशनमा बसेर काम नगर्ने । प्रत्येक ३० मिनेटमा ३ मिनेट ब्रेक लिएर काम गर्ने ।

० मानसिक स्वास्थ्यलाई ध्यान दिने । कोरोना भाइरसबाट नआत्तिने ।

० कोरोना भाइरसबारे तनाव नलिने । किताब पढ्ने । एक अर्कालाई सहयोग गर्ने । समाचार कम हेर्ने कम सुन्ने ।

० दिनमा २ पटक सही सूचना दिने माध्यमबाट सूचना लिने ।

कोरोनाका बारेमा विश्व स्वास्थ्य संगठनले फेसबुक र वाट्स एपमार्फत सूचना प्रवाह गरिरहेको छ । अर्को सातादेखि स्थानीय भाषामा पनि कोभिड १९ का बारेमा शन्देश प्रवाह गर्ने संगठनले जनाएको छ । यतिबेला नआत्तिन र अहिलेको परिस्थित हाम्रो लागि सिक्ने र जान्ने मौका भएको पनि संगठनको भनाइ छ ।