घर घरमा पुगेर मास्क बाँड्दै जनप्रतिनिधि, सचेत रहन आग्रह

धनगढी । संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट आम जनतालाई जोगिनका लागि यस क्षेत्रका केही जनप्रतिनिधि सचेतना अभियनामा जुटेका छन् ।

डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले भित्री मेधष क्षेत्रका अलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न वडा, टोल र बस्तीमा पुगेर कोरोना संक्रमणबाट सजक रहन आग्रह गरेका छन् । उनले स्थानीयलाई मास्क समेत वितरण गरेका छन ।

परशुराम नगरपालिका ४ को बिभीन्न, टोल बस्तीमा आफै पुगेर आफ्नो निजी खर्चमा साउदले मास्क वितरण गरेको बताएका छन । चैत्र ९ गते परशुराम नगरपालिका १ र २ का जनतालाई गोगन, कलेना, सलौनबस्तीमा कोरोना संक्रमण सम्बन्धी सचेतना र मास्क वितरण गरिँदैछ । आजै आलिताल गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुङलाई पालिकाको सबै गाउँ टोल बस्तीमा वितरण गर्न मास्क हस्तान्तरणसमेत गगरिएको छ ।

अलितालकै वडा नम्बर ३ का वडाअध्यक्ष लोकेश महरा र वडा न ७ का अध्यक्ष बिरबहादुर बोहरालाई समेत टोल बस्ती र वडावासीलाई कोरोनाको सन्त्रास र संक्रमण सम्बन्धी चेतना फैलाउन र वितरण गर्न साउदले मास्क हस्तान्तरण गरेका छन । कोरोना संक्रमण वाट जनतालाई सचेत गर्ने उदेश्यले नगर प्रमुख साउदले आठ हजार थान मास्क वितरण गरेको जानकारी दिए । नगर प्रमुख साउदको पहललाई सह्रानीय कामका रुपमा हेरिएको छ ।

यता धनगढी नगरपालिकाले पनि कोरोना संक्रमका बिरुद्ध विभिन्न कार्यक्रम गरिरहेको छ । सीमा नाकामा हेल्थ डेस्क स्थापना देखि विभिन्न टोलमा पुगेर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादु ओडले मास्क वितरणलगायत जनतामा सचेता फैलाउने कदम चालेका छन । उनले स्थानीय स्वास्थ्य केन्द्रहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन । यात्रा गर्ने यात्रुहरुलाई नगर प्रमुख ओडले मास्क वितरण गरेका छन ।