दृष्टिविहीन विद्यार्थीलाई मेगा बैंकद्वारा शैक्षिक सामाग्री

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले ‘सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल’मार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो ।

मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले बिभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको बैकले जनाएको छ ।