एनआईसी एशिया बैंकका डिजिटल सेवाहरू निःशुल्क

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणका दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ । विश्वभरि नै तीव्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपाय अपनाएका छन् ।

देशवासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेका बेला संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न उपयुक्त हुने भएकाले बैंकले ठिजिटल सेवा निशुल्क गरेको हो ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी एनआईसी एशियाले ग्राहकवर्गलाई सुविधा प्रदान गर्दै आईरहेको छ । त्रास र विपदका बेला बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुका साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने विभिन्न भुक्तानीका सेवाहरू अर्को सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार बैंकले मोबाईल बैंकिङ्ग, डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गका सबै विधामा निशुल्क सेवा दिने भएको छ । कठिन परिस्थीतिमा आफ्ना ग्राहकको सुविधालाई ध्यान दिएर बैंकले देशैभरि रहेका शाखा कार्यालय, विस्तारित काउण्टर, एटिएम तथा अन्य विभिन्न डिजिटल बैंकिङ्ग माध्यमबाट यथावत सेवा सुविधा उपलब्ध गराउन बैंक कटिबद्ध रहेको तथा बैंकले प्रदान गर्दै आईरहेको संम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा नियमित रुपमा सञ्चालनमा राखिएको बैंकले जनाएको छ ।