सुनसान काठमाडौं, बन्द पसल, बजार

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोमिनबाट बच्च सरकारले उच्च सतर्कता अपनाउन जनतालाई अपिल गरेको छ । आम नागरिक कोरोनाको त्रासले घरबाट निस्कनै छोडेका छन् ।

अत्यावश्यक काम बाहेक मानिसहरु निस्कन छोडेपछि बजार, पसल, अफिस, कार्यालय, बैंक, व्यापारिक केन्द्रहरु सुनसान भएका छन् । काठमाडौंका सडक, मठ मन्दिरलगायत सुनसान देखिन थालेका छन् । चियापसल, रेस्टुराँ, लुगापसल, किराना सपललगायत बन्द देखिन थालेका छन् ।

अन्य दिन भिडका भिड देखिने र जाम लाग्ने राजधानीका सडकमा आज बिहानैदेखि अफिस समयमा पनि गन्न सकिने गरि मानिस र सवारी साधन निस्किएका छन् । यतिबेला राजधानी निकै सुनसान र स्तब्ध जस्तै देखिएको छ ।