रानीफाँटाले मास्क र साबुन बाँड्यो

कैलाली । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन सबैले सरसफाइमा ध्यान दिनुपर्ने भन्दै रानीफाँटा सामुदायिक वन उपभोक्ता समिति गौरीगंगा ६ बनबेहडाले उपभोक्तालाई ३ हजार मास्क र एक हजार साबुन बितरण गरेको छ ।

सोमबार गौरीगंगा नगरपालिका वडा न ६ स्थित रानीफाँटा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयबाट सुरु गरिएको मास्क बितरण संगै टोल टोलमा पुगेर जनचेतना फैलाउने काम गरिएको समितिका अध्यक्ष चक्र बोगटीले बताए ।

एक घर दुई साबुन, एक उपभोक्ता ५ मास्क अभियानसंगै सो कार्यक्रममा सहभागी अन्य जनप्रतिनिधि समाजसेवी शिक्षाप्रेमीलगायत सम्पुर्णलाई मास्क र साबुन बितरण गरिएको अध्यक्ष बोगटीले बताए ।

कोरोना भाईरसको सर्ने कारण र हुनसक्ने खतराका बारेमा सचेत गराउदै सो बाट बच्न सबैभन्दा ब्यक्तिगत सरसफाइमा ध्यान दिन र अरुको सम्पर्क भन्दा टाढै रहन आग्रह गरिएको संस्थाका कोषाध्यक्ष बमबहादुर साहुले बताए ।