विश्वभरिमै बढी संक्रमण अमेरिकामा, ८५ हजार ६ सय १२ लाई कोरोना भाइरस

एजेन्सी । विश्वव्यापी सङ्क्रमण फैलाइरहेको कोरोना भाइरस सङ्क्रमति व्यक्तिको सङ्ख्या अमेरिकामा सबैभन्दा बढी भएको एक समाचारमा जनाइएको छ ।

अमेरिकामा कोरोना भाइरस सङ्क्रमतिको पछिल्लो सङ्ख्या ८५ हजार ६ सय १२ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङक्रमितको यो सङ्ख्या चीनको भन्दा बढी हो ।

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरको शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा शुक्रबारसम्म ८१ हजार तीन सय ४० जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा कोरोना भाइरसको कारण ८० हजार पाँच सय ८९ जना सङक्रमित रहेका छन ।

इटलीमा दुई दिनको तुलनामा यस भाइरस प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या फेरी बढेको छ । त्यहाँ एकै दिनमा सात सय १२ जनाको ज्यान गएको छ ।
फ्रान्समा एक दिनमा तीन सय ६५ जनाको मृत्यु भएको छ । बेलायतमा पनि एकै दिनमा पहिलो पटक सय भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।