नेपालमा कोरोनाको चौथो संक्रमित, सेती अस्पतालमा भर्ना भएका बिरामीलाई कोरोना

धनगढी । नेपालमा थप एक जनामा कोराना भाइरस पुष्टि भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले आज जानकारी दिए ।

सङ्क्रमित व्यक्ति दुबईबाट आएर चैत ११ अस्पतालमा भर्ना भएका थिए । योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् ।

दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ । धनगढीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको बताइएको छ ।