लकडाउनलाई व्यवस्थित गर्न सुरक्षित घर जाने व्यवस्था गर्न नेता साउदको माग

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनले आम जीवन अस्तव्यस्थ हुन नदिन घरभन्दा बाहिर फसेका मानिसलाई घर फर्कने व्यवस्था मिलाउन काँगेस नेता तथा पूर्व मन्त्री एनपी साउदले सरकारलाई सुभाव दिएका छन ।

‘कोरोनाको महामारीले बिश्व आक्रान्त छ भएका बेला नेपाल पनि ‘लक डाउन’को स्थितिमा छ । राम्रो ब्यबस्थापन र नियमन नगरिएमा सामाजिक निकटता र सम्पर्कबाट कोरोना फैलिने डर छ’, उनले भनेका छन्, ‘तर अहिलेसम्म संक्रमण सिमित र नियन्त्रित देखिएको छ। यस्तो ‘लक डाउन’को अबस्था लामो समयसम्म राख्दा गम्भीर अस्तब्यस्तता र अराजकता फैलिने डर छ ।’

साउदले यस्तो सम्भावित अस्तब्यस्तता र अराजकतालाई रोक्न सार्वजनिक सवारी चालक बस चालक, सहचालक र यात्रुहरूलाई परीक्षण किट्सबाट परीक्षण गरेर कोरोना नेगेटिभ देखिएमा सिमति संख्या र पूर्ण निरीक्षणमा यातायातको सुबिधा उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन ।

‘यात्रीहरूलाई आ आफ्नो गृह जिल्लासम्म पुग्न यातायताको ब्यबस्था गर्दा ‘लक डाउन’ लामो समयसम्म ब्यबस्थित गर्न र मानबीय बनाउन सकिन्छ,’ साउदको माग छ, ‘यतातिर सरकारको ध्यान जाओस ।’