काँग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन । सभापति देउवाले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्याङ्जा वालिङ नगरपालिका–२ का ७९ वर्षीय रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन । हृदयाघातका कारण आज रेग्मीको निधन भएको थियो ।

ुस्याङ्जाका काँग्रेसका अग्रज एवम् शालिन नेता रेग्मीको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ, रेग्मीले नेपालको प्रजतान्त्रिक र पार्टी सङ्गठनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दछुु, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दैै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन । रेग्मीलाई सभापति देउवाले गत फागुन १९ गते ज्येष्ठ राजनीतिज्ञसभाको सदस्यमा मनोनयन गरेका थिए । स्व रेग्मीले विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुका साथै पार्टीमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले स्मरण गरेको छ ।