सम्बाद अन्त्य भयो !!!

कविता

O राई धुन्दुकारी एल आर

आज बिहानै सागरसंग भेट भयो !
माफा गर्नुहोला पानीको सागर होईन !
सागर सिंह (सहिद २०४६) संग

सागरले मेरा हात पक्डि रिसाउँदै भन्यो ।
हे युवा !
के छ ?
के गर्दैछस ?

मैले भने अभ्यास गर्दैछु ।

फेरी सागरले सोधे
के को अभ्यास ?

मैले ख र….र भने
मानवता बिकास गर्ने अभ्यास
अधिकार रक्षा गर्ने अभ्यास
स्वतन्त्रता तिखार्ने अभ्यास ।
लोकतन्त्र मजबुत पार्ने अभ्यास ।
निष्कलंक, निस्वर्थ र निर्भय हुने अभ्यास

मेरो उत्तर सुनेर सागरले भने
वा ! युवा वा !!
जा, गर्दै जा अभ्यास
यो देश तेरा हातमा छ ।

यत्तिकैमा सागर उनकै बाटो लागे
म पनि आफ्नै बाटो लागें ।
सम्बाद अन्त्य भयो ।

२०७६/१२/१७