प्रधानमन्त्रीको प्रतिरक्षाका कारण भ्रष्टहरु आक्रामक भएः काँग्रेस नेता साउद

काठमाडौं । वर्तमान सरकार गठन भएपछि भ्रष्टाचारका विभिन्न प्रकरण श्रृंखलाबद्ध रूपमा बाहिर आएको काँग्रेस नेता तथा पूर्व मन्त्री एनपी साउदे दावी गरेका छन । उनले प्रधानमन्त्री स्वयंबाट त्यसको प्रतिरक्षा भएका कारण भ्रष्टहरु थप आक्रामक भएको बताएका छ ।

साउदे मंगलबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन, ‘भ्रष्टाचार जघन्य अपराध हो तर पनि कहिलेकाहीँ यो समाजमा बिभिन्न रूपमा देखिइरहन्छ। यसलाई सभ्य समाजमा कड़ा नियन्त्रण गरिन्छ । बर्तमान सरकार गठन भएपछि भ्रष्टाचारका बिभिन्न प्रकरण श्रृंखलाबध्द रूपमा बाहिर आएका छन।’

उनले दोषीतिर राजनीतिक दल, संसद, नागरिक समाज, प्रेस, सोसल मिडिया र आम नागरिकलले निरन्तर औंला ठड्याई रहेका पनि सरकारले यसको आफ्नै तहमा छानबीन गर्ने गरेकोप्रति आक्रोस प्रकट गर्दै भनेका छन, ‘सरकार यसको आफ्नै तहमा छानबिन गर्ने, नियामक एजेंसीहरूलाई सक्रिय गर्नुभन्दा पनि रूग्ण सैय्यामा उपचाररत प्रधानमंत्री स्वयंबाट त्यसको प्रतिरक्षा हुन्छ र गराईन्छ । जसलेगर्दा भ्रष्टहरुले सार्वजनिक संचारमा पनि आक्रामक हुने अबसर पाएका छन ।’

उनले यसको पछिल्लो उदाहरण कोरोना नियन्त्रणको लागि सरकारले खरिद गरेको स्वास्थ्य सामग्री भएको उल्लेख गर्दै भनेका छन, ुजसको पछिल्लो उदाहरण कोरोना नियन्त्रणको लागि सरकारबाट स्वास्थ्य सामग्रीको खरिद हो । प्रतिरक्षा सरकारको जिम्मेदारी हो कि, भ्रष्टाचारको संरक्षण ?’