अब सातै प्रदेशमा दैनिक एक हजार कोरोना भाइरस परीक्षण

काठमाडौं । काठमाडौ उपत्यका बाहिर अव दैनिक एक हजार जनाको कोरोना भाइरस संक्रमणबारे परीक्षण हुने भएको छ । सरकारले तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरउन्नती गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्यावबाट परीक्षण सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरका लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याब तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य प्रदेशको लागि आइतबार चिनबाट आएका प्रोटेबल ल्याब पठाउने तयारी गरेको छ । चिनबाट ल्याएको पाँचओटै प्रोटेबल पिसिआर मेसिन तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

‘हामीले धरानबाट परीक्षण सुरु गरीसकेका छौ,’ उनले भने ‘अब स्थायी ल्याब संचालन गर्न स्तरउन्नती गर्नुपर्ने ठाउँमा आइतबार ल्याइएका मेसिन पठाएर तत्कालै परिक्षण सुरु गर्छौ,’ मेसिन गएसंगै अब उपत्यका बाहिरबाट दैनिक एक हजार जनासम्मको कोविड १९को परीक्षण हुनसक्ने उनको भनाइ छ । खनालले उपत्यका बाहिर स्तरउन्नती गरी कोविड १९ परिक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनको लागि टोली गइसकेको जानकारी दिए । मंगलबारबाट पोखरामा प्रोटेवल मेसिनबाट कोविड १९ जाच सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले जाचलाई तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीबाट तत्काल प्रोटेपवल पिसिआरबाट जाँच सुरु गर्ने तयारी गरेको छ ।
प्रोटेबल पिसिआरबाट परिक्षण सुरुसंगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्यावलाई स्तरउन्नती गरी संचालनमा ल्याउन जनशक्ती पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशमा काठमाडौ बाहिर हेटौडामा रहेको किटजन्य रोग नियन्त्रण केन्द्रमा रहेको प्रयोगशालाई प्रयोगमा ल्याउन विज्ञको टिम आइतबार नै त्यता गइसकेको खनालले जानकारी दिए ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्यावलाई स्तर उन्नती गरी संचालनमा ल्याउने मन्त्रालयको तयारी छ । त्यस्तै कणली प्रादेसिक अस्पताल र शुदूरपश्चिमको सेती प्रादेसिक अस्पतालमा पनि ल्याब स्तरउन्नती गर्न टोली खटिइसकेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहोनीले जानकारी दिए ।

आइतवारबाट परीक्षण सुरु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अहिले एक चरणमा १२ जनाको स्वाब पिसिआर गर्न सकिने प्रतिष्ठानका कार्यवाहक उपकुलपती प्राडा गुरु खनालले जानकारी दिए । उनले आवश्यकता परे एक पटकमा २४ जनासम्मको परिक्षण गर्न सकिने जानकारी दिए । ‘अहिले हामीले एक पटकमा १२ बटा जाँच गर्न सक्छौ,’ उनले भने ‘आवश्यक परे थप १२ को गर्न सक्नेगरी तयारी गर्दैछौँ ।’