भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

धनगढी । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएपछि उनको शव ल्याउन समस्या भएको छ । दार्चुला मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने हालसम्म जानकारी प्राप्त नभएको जनाएको छ । नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् ।

मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, ुहामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौँ, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुप¥यो ।ु