प्रदेश नम्बर १ मा ४६ को नमूना सङ्कलन, ३० को नेगेटिभ

विराटनगर । प्रदेश नं १ मा मङ्गलबारसम्म कोभिड–१९ को आशंकामा ४६ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ । दश महिलासहित ४६ को स्वाब नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।

संकलन गरिएका नमूनामा झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, ते¥हथुमबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट एक र पाँचथरबाट तीन जना रहेका छन् । सङकलित नमूनामध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको र १६ को रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा मेहताले बताए ।

प्रदेशमा मंगलबारसम्म चार महिलासहित सात जना आइसोलेसनमा भर्ना भएका छन् । भर्ना भएकामध्ये सोलुखुम्बुमा एक, उदयपुरमा दुई, पाँचथरमा तीन र ताप्लेजुङमा एक जना रहेको डा मेहताले बताए । प्रदेशमा कोभिड–१९ बाट संक्रमितको उपचारका लागि ३५ अस्पतालमा तीन सय ६१ वटा आइसोलेसन श्यया तयारी अवस्थामा रहेका छन् ।