बसन्तले ल्याए कोरोनाबारे सन्देशमूलक गीत

काठमाडौं । यतिबेला कारोना भाइरसको कहरले विश्व त्रसित छ । आम नेपाली १० दिनदेखि लकडाउनको अवस्था भोगिरहेका छन ।
एकातिर महामारीको त्रास, अर्कातिर निस्काम घरमै बस्दाको दिक्दारीले आम नागरिक हैरान भएका बेला कवि तथा गीतकार बसन्त चौधरीका शब्दमा सन्देशमूलक गीत बजारमा आएको छ

गीतमा कोरोना भाइरसलाई मानवताको बिसालु बैरी र बिनासकारी रुपमा चर्चा गरिएको छ । गायक राज सागरले बिहिबार एउटा सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु बिगत १० दिनदेखि लक डाउनको अबस्थामा घर भित्रै छन् ।

गीतमा आवाज गायक तथा संगीतकार राज सागरले दिएका हुन । ‘उद्धार गरौं यो मानवताको’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । बुधबार गीत रेकर्ड गरेर बिहीबार नै भिडियो सार्वजनिक गरिएको हो । जुन गीत यतीबेला समय सान्दर्भिक छ ।

गीतमार्फत गीतकार चौधरीले अहिले दयनीय अबस्थामा रहेको मानिसको मानिसले उद्धार गर्नुपर्ने सन्देश सम्प्रेसित गरेका छन । कोरोनाबाट आफू जोगिन र अरुलाई पनि जोगाउन सन्देश दिइएको छ ।

सँकटमा रहेकाहरुलाई उद्धार गर्न गीतबाट चौधरीले अपिल गरेका छन । यस्तो अबस्थामा साहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई आग्रह गरेका छन ।

गीत सन्देशमूलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरेर लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए ।

भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको गीतमा संगीत पनि गायक राज सागरकै छ । गीत कर्णप्रिय छ । संगीत संयोजन राहुल विश्वकर्माले गरेका हुन् । गीतको भिडियोलाई भि ओ एन युट्युब च्यानलबाट रिलिज गरिएको छ ।