५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश नं १ मा कोभिड १९ को आशंकामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएको छ । तींमध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताका अनुसार झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शंकास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको थियो ।

बिहीबारसम्म आइसोलेशन वार्डमा ११ जना भर्ना भएका छन, जसमा पाँच महिला छन् । यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार ६ सय ७६ व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएको छ ।

२५० मजदूरको उद्धार
भोजपुर– कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र दुई सय ५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको छ ।

मजदूरलाई पु¥याएर फर्केको बसमा भोजपुर घर भई काठमाडौं, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनाको स्वास्थ्य परीक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको भोजपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।