आफ्नो देश कोरोना फ्रि भएको उत्तर कोरियाको दावी

एजेन्सी । उत्तर कोरियाले देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै कोरोना फ्रि देश घोषणा गरेको छ ।
विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको भए पनि कोरियाले भने आफ्नो देशमा कोरोना सङ्क्रमण नभएको बताएको छ ।

उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसबाट सङ्क्रमित नभेटिएको दावी गरेका छन ।

उत्तर कोरियाले आफ्नो देशमा यसका बिरामी भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना हुने गरेको बताइएको छ ।

तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानून लागू गरेको बताइएको छ ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताए ।