भारतमा बढ्दै कोरोना संक्रमण, ७३ को मृत्यु, २३ सय ३१ मा संक्रमण

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि रफ्तारमा फैलिन थालेको छ । शुक्रबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भारतीय मिडियाका अनुसार पुरा भारतमा संक्रमितको संख्या २३ सय ३१ नाघेको छ ।
भारतको मुम्बइमा एक ३५ वर्षिय डाक्टरलाई समेत कोरोना पुष्टि भएको छ । यो घटनाले थप त्रास फैलिएको मिडियाले उल्लेख गरेका छन ।
बिहीबार मात्रै देशभर एक दिनमा तीन सय ४२ नयाँ संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयलाई उल्लेख गर्दै त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

बिहीबार मात्रै भारतमा १४ को मृत्यु भएको छ । संक्रमितमध्ये हालसम् मभारतमा एक सय ७४ जना निको भएर घर फर्किएका छन ।