विपदमा रुडुकको परामर्श सेवा

कञ्चनपुर । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वजगतम समस्यामा परेको छ । संक्रमण नफैलियोस भनेर अधिकांश मुलुक लकडाउनको अवस्थामा छन । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।

शुक्रबारसम्म देशभर ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अवस्थालाई लिएर लकडाउनको अवस्था झन कडा बनेको छ । मानिसको दैनिकी अस्तव्यस्त र त्रस्त बनेको बेला पनि सामान्य दैनिकीमा हुने घटनाहरु भ्ने भइरहेने गर्छन । विशेष गरि महिलामाथि हुने हिंसाले यस्तो बेला झन प्रश्रय पाउने सम्भावना हुन्छ ।

विपदको यो घडीमा हुनसक्ने घरेलु हिंसा, महिला बिरुद्ध हुने हिंसा तथा अन्य कुनैपनि खाले हिंसामा परेका वा पर्न गएमा उनीहरुका लागि ग्रामीण महिला विकाश तथा एकता केन्द्र (रुडुक)ले निशुल्क परामर्श सेवा सुरु गरेको संस्थाकी महासचिव ज्योत्सना साउदले बताइन ।
समाजसेवी तथा काँग्रेस नेतृ आरजु राणा देउवा संस्थापक रहेको रुडुकले विपदको यो घडीमा विभिन्न खाले सेवा सञ्चालन गरिरहेको संस्थाकी महासचिव साउदले जानकारी दिइन ।

संस्थाले घरेलु हिंसा, महिला बिरुद्धको हिंसा वा अन्य कुनै पनि हिंसाको सिकार भएमा कैलाली, कञ्चनपुर र डडेल्धुराका लागि विभिन्न व्यक्तिहरुलाई परामर्शदाताको जिम्मेवारी दिएको महासचिव साउले बताइन । उनीहरुलाई टेलिफोनबाटै सम्पर्क गरेर परामर्श लिन सकिने र आवश्यक परेमा रुडुकले थप सहयोग गर्ने बताइएको छ ।

हिंसा पीडितले मरामर्शका लागि कैलालीमा ममता शाह (९८६०७१८२४७), रेनु श्रेष्ठ (९८४८४२०२३३), त्यस्तै डडेल्धुरामा सरस्वती खड्का (९८४८८२६०५५), भरत गैराल (९८४८७२६९४४), अमर साउद (९८०६४१२२०२) र कञ्चनपुरमा पशुपति थापा (९८४८७२४२९४) सम्पर्क गर्न रुडुकले अपिल गरेको छ ।

यसअघि पनि रुडुकले विभिन्न जिल्लामा सहयोग गर्दै आएको छ । रुडुकद्वारा सञ्चालित (ट्रोसा) परियोजनाको आर्थिक सहयोगमा हालै परशुराम नगरपालिका डडेल्धुरालाई ८० सेट व्यक्तिगत सरसफाई सामग्री हस्तान्तरण गरिएको महासचिव साउदले अक्षरपाटीलाई जानकारी दिइन ।

नगरपालिकाको विभिन्न स्थानमा तोकिएका क्वारेन्टाइनमा बस्न आउने र बसिरहेका नागरिकको व्यक्तिगत सरसफाइमा सहज होस भन्ने उद्देश्यले ती सामग्री वितरण गरिएको रुडुक डडेल्धुराका कार्यक्रम संयोजक अम्मर साउदले जनाएका छन । रुडुकले यो विपदको अवस्थामा सक्दो भौतिक र मनोसामाजिक सहयोगका लागि तत्पर रहेको महासचिव साउदले जानकारी दिइन ।