बजार अनुगमन गर्दै ललितपुर महानगर

ललितपुर । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर जारी लकडाउनमा कृतिम अभाव नहोस भनेर ललितपुर महानगरपालिकाले बजार अनुगमन थालेको छ । नगरकी उपप्रमुख गीता सत्यालको संयोजकत्वमा हिजोबाट बजार अनुगमन सुरु गरिएको हो ।

अनुगमनमा समान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरका अध्यक्ष ध्रुवलाल तण्डुकार, नगर प्रहरी बलका प्रमुख सुवर्ण व्यन्जनकार, समान्य प्रशासन महाशाखाका कर्मचारी विजय खड्कालगायत प्रहरी सहभागी छन् । ललितपुर महानगरपालिकाद्वारा किराना पसल, तरकारी तथा फलफूल पसलहरुको अनुगमन गरिरहेको उपप्रमुख सत्यालले बताइन ।

लकडानको समयमा हुनसक्ने कृतिम अभाव, अस्वभाविक मुल्य बृद्धि र कालाबजारी रोक्नका लागि बजार अनुगमन निरन्तर गरिने उपप्रमुख सत्यालले जानकारी दिइन । भनिन्, ‘यो लकडाउनमा मौका छापेर जथाभावी मूल्य असुल्ने गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्न र कालाबजारी गर्नेलाई कार्वाही गर्नका लागि बजार अनुगमनमा लागि रहेका छौं ।’

सत्यालले महानगरवासीलाई सचेत भएर आवश्यक दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न र ठगिनबाट जोगिन अनुरोध समेत गरेकी छन्।

देश यस्तो महामारीको संकटमा रहेको बेलामा कालोवजारी गर्ने, उपभोक्ता ठग्नेहरुलाई निरन्तर बजार अनुगमन गरि कार्वाही गर्ने ललितपुर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले बताए । महानगरले वडा ३ को ७ वटा, वडा ५ को ८ वटा, वडा नम्बर १८ को १ वटा, वडा नं २५ को ८ वटा, वडा नं २६ को ७ वटा, वडा नं २७ को ५ वटा र वडा नं २४ को ५ वटा गरी ४१ वटा पसलहरुमा अनुगमन गरिएको छ।