कोरोना कोषमा नेपाल लाइफ इन्सुरेन्सको एक करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक करोड सहयोग गरेको छ ।

नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले आज एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेका हुन । नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष सङ्घईले आफूहरु सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र सङ्क्रमण फैलिन नदिन प्रतिबद्ध रहेको बताए ।