बागमती र कर्णालीलाई मोगा बैंंकद्वारा ५–५ लाख हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि घोषणा गरेको रकम प्रदेश सरकारलाई हस्तान्तरण जारी राखेको छ ।

कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई पाँच–पाँच लाख सहयोग हस्तान्तरण गरेको हो । मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई र मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सहयोग हस्तान्तरण गरेका हुन ।

मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख सहयोग गर्ने निर्णय गरेको थियो ।