११ बजे राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।