लकडाउन र क्वारेन्टाइनको अनुगमन

डडेल्धुरा । परशुराम नगरपालिकाले लकडाउन र क्वारेन्टाइनमा बसेका नागरिकहरुको अनुगमन तीव्र बनाएको छ ।
परशुराम नगरका मेयर भीमबहादुर साउदको नेतृत्वमा सुरक्षा नियका, स्थानीय प्रतिनिधिको संयुक्त टोलीले नगरको ९, १०, ११, ३ र १२ वडामा अनुगमन गरेको हो । समितिले विभिन्न वडाका सलेता कुर्मुल्ले, गाइवाधे, त्रिबेणी क्याम्पस, शीर्ष, मिडा, कालीढुङी, सिमल्टा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नगरबासीले लकडाउनको पूर्ण पालना गरेको र क्वारेन्टाइनलाई पालना गरिरहेको पाइएको नगर प्रमुख साउदले अक्षरपाटीलाई बताए ।

विपदको यो घडीमा दैनिक जीवनका समस्याहरुलाई थाती राखेर नगरबासीले देखाएको धैर्यताप्रति नगर प्रमुख साउदे आभार व्यक्त गर्दै कोरोना नियन्त्रणमा थप सहयोगका लागि अपिल गरेका छन ।