अमेरिकामा कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जाँदै, एकै दिन दुई हजारको मृत्यु, विश्वमा ८२ लाखले ज्यान गुमाए

एजेन्सी । कोरोना भाइरस महामारीको केन्द्र बन्दै गएको अमेरिकामा संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

जान्स हापन्सि विश्वविद्यालयलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुका अनुसार गएको २४ घन्टामा अमेरिकामा २ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या ३ लाख ९० हजारभन्दा बढी पुगेको उल्लेख गरिएको छ । पुरा अमेरिकामा आजसम्म १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

महामारीको सबैभन्दा बढी असर न्यूयोर्कमा देखिएको छ । यहाँ एक लाख ३८ हजार मानिसमा संक्रमण देखिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । न्यूयोर्कमा ज्यान गुमाउनेको संख्या पाँच हजार पुगेको छ । कोरोना महामारीका कारण न्यूजर्सी राज्यमा १२ सय जनाको मृत्यु भएको छ । जबकी यो राज्यमा मात्रै ४४ हजार मानिस संक्रमित छन ।

न्यूयोर्कमा ठूलो संख्यामा मानिस संक्रमित भएका कारण अस्तालहरुका ठाउँ नभएको समेत सञ्चारमाध्यमले उल्लेख गरेका छन । डिसेम्बर अन्तिममा चीनको वुहान सहरबाट फैलिएको यो महामारीलाई सुरुमा अज्ञात कारणबाट भएको निमोनिया भनिएको थियो ।

योबीचमा चीनलाई भाइरससँग सम्बन्धित जानकारी लुकाएको आरोप लाग्दै आएको छ । यो प्राणघातक रोगबाट आजसम्म संसारभर ८२ हजार ८५ जनाको ज्यान गइसकेको छ । १४ लाख ३१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । विश्वभर ३ लाख २ हजार दुई सय मानिस निको भएका छन । विश्भर दैनिक यस महामारीका कारण ५ देखि ७ हजारको बीचमा मृत्यु भइरको आँकडा विश्व स्वास्थ्य संगठनले प्रस्तुत गरिरहेको छ ।