मेगा बैंकद्वारा प्रदेश पाँच लाई पाँच लाख हस्तान्तरण

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि पछिल्लोपटक प्रदेश नम्बर ५ लाई पाँच लाख सहयोग हस्तान्तरण गरेको छ । यसअघि ६ वटा प्रदेशलाई पाँच पाँच लाख हस्तान्तरण गरिसकेको थियो ।

मेगा बैंकका बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन ।

मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि आजसम्म सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो ।

यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।