भारतमा बुधबार साँझसम्म कोरोनाबाट ज्यान गुमाउने १४९ पुगे, पाँच हजार १९४ मा संक्रमण

एजेन्सी । भारतमा बुधबार साँझसम्म मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ । पाँच हजार १९४ जनामा कोरोनाको संक्रमण देखिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र देखिएको छ । यहाँ सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार ७८ पुगेको बताइएको छ । आजमात्र महाराष्ट्रमा ६० जना संक्रमित भेटिएका छन् ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ७७३ जना सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिनमा यतिधेरै विरामी भेटिएको यो नै पहिलो घटना भएको अधिकारीहरुको भनाइ छ ।

भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएको पनि बताइएको छ । यहाँका ४०१ जना सङ्क्रमित भने उपचार पछि निको भएर घर फर्किएका छन ।