धनगढी उपमहानगरमा घर घरमै पुगेर कोरोना संक्रमणको जाँच

धनगढी । धनगढी उप–महानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ । शुक्रवार वडा नं १२ बाट सुरु गरिएको कोरोना भाईरसको ¥यापीड टेस्ट शनिवार वडा नं ६ र ७ मा गरिएको छ ।

धनगढी उप–महानगरपालिकाले भारतलगायत बिभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६ सय ४१ जनालाई होम क्वारेन्टाईनमा राखेको थियो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९ जना, वडा नं ६ मा १९ , वडा नं १३ मा १ जना, वडा नं ७ मा २० जनाको घरमै स्वास्थ्यकर्मी पुगेर नमुना परिक्षण गरेका छन् । परिक्षण गरिएका सबैको नतिजा देखिएको छ ।

धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले घरमै क्वारेन्टाईन बसेकाहरुको कोरोना भाईरसको नमुना परीक्षण नेगेटिभ आएको बता ।