कारोना कोषमा सानिमाको १० लाख, विपन्नलाई स्थानीय निकायको राहत

कास्की । सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । सानिमाले संघीय सरकारको कोरोना राहत कोषमा ५० लाख तथा सात प्रदेश सरकारलाई १० लाखका दरले सहयोग गरेको जनाएको छ ।

एक हजार २७७ परिवारलाई राहत

लकडाउनका कारणले साँझ बिहान चुलो नबलेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई मादी र माछापुच्छ«े गाउँपालिकाले राहत विरतण गरेका छन् । लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि साँझ बिहान हातमुख जोर्न धौधौ परेका मजदुर, विपन्न, असाहाय तथा गरिब परिवारको लगत सङ्कलन गरी ती दुई पालिकाले एक हजार २७७ परिवारलाई सम्बन्धित वडामा राहत वितरण गरिएको जनाएका छन् ।