काँग्रेस सभापति देउवाले भनेः ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवार प्रतिपक्षीका रुपमा रहेर आजको चुनौति सामना गर्न काँग्रेस लागिपरेको बताएका छन ।

सभापति देउबाले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लकडाउनको पालना गरेर समदुरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ का गर्न गराउन पनि अपिल गरेका छन ।

सबै नेपालीजनको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै देउवाले भनेका छन, ‘यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त छ ।

कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न सरकारमासंगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसंभव सघाइरहेको छ ।’

उनले कोरोना संक्रमणसँग जुध्न युद्धस्तरमा काम गर्न सरकारलाई सुझाएको तर उत्तिकै धैर्य, पारदर्शिता एवै विधि र प्रक्रियाको पालना गर्न पनि सचेत गराएको विज्ञप्तिमा उल्लेख गरेका छन ।