दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षिय पिवेटाले जिते कोरोना संक्रमण, विश्वभर एक लाख २६ हजार ७७६ को मृत्यु, २० लाख संक्रमित

एजेन्सी । बुधबारसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ७७६ जनाको ज्यान गएको छ । २० लाख ७ सयभन्दा बढी संक्रमित भएका छन । संक्रमित मध्ये ४ लाख ८५ हजार निको भएका छन ।

मंगलबार एक ९९ वर्षिय पूर्व सैनिकले कोरोनासँगको कहर जितेका छन । दोस्रो विश्वयुद्धमा ब्राजिलको स्थल सेनामा सेकेन्ड लेफ्टिनेन्ट भएर अफ्रिकासँग लडेका इर्मान्डो पिवेटा मंगलबार कोरोनाको उपचारपछि घर फर्किएका हुन । उनको ब्रासिलियास्थित एक सैनिक अस्पतालमा उपचार भएको थियो ।

आठ निको उपचारपछि जब उनी आर्मी रंगको हरियो क्याप लगाएर बाहिर निस्किए तब उनलाई बाजागाजाले स्वागत गरिएको थियो ।