न्युयोर्कका विद्यालय १५ मे सम्म बन्द

एजेन्सी । अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालय मे १५ सम्म नखुल्ने बताएका छन । यी क्षेत्रहरु अहिले पनि बन्द छन । गभर्नर एन्ड्रयु कुओमोले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिए ।

कुओमोले उनको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार यो जानकारी दिएका हुन । उनले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराए ।

उहाँले पछिल्ला केही दिनहरुमा यस राज्यमा कोविड १९ का कारणले भर्ना हुन आउने तथा आइसियुमा राख्नुपर्ने अवस्थाका विरामीहरको संख्या घट्दो मात्रामा रहेको जानकारी पनि दिए । तर पनि अहिले नै उद्योग कारखाना तथा सबै बजार खुल्न मिल्ने अवस्था भने नरहेकोले सतर्कता अपनाउन पनि न्युयोर्कका गभर्नरले सबैसँग अपिल गरेका छन ।