परशुराम नगरको बजार क्षेत्रमा औषधि छर्किइयो

परशुरामधाम । डडेल्धुराको परशुराम नगरपालिकाले बजार क्षेत्रम औषधि छर्किएको छ । कोरोना भाइरसको संक्रमण विस्तार रोक्न र जोखिम कम गर्न औषधि छर्किएको नगरका प्रमुख भीमबहादुर साउदले बताए ।

बजारमा बाक्लो बस्ती र मानिसको संख्या बढी भएकाले बढी जोखिम हुने देखेर वडा नम्बर १२ को बजार क्षेत्रमा चार हजार लिटर पानीमा १० लिटर सोडियमहाईबोक्लोराईड नामक औषधि मिस्याएर छर्किएको नगरपालिकाका स्वास्थ्यसाखा प्रमुख तेजबहादुर सिंहले जानकारी दिए ।

यसले कोरोना मात्र नभई गर्मीयाममा बजर क्षेत्रको बिभिन्न फोहरका कारण अन्य सरुवा रोगहरुको समेत संक्रमण बढ्न नदिन मद्दत गर्ने प्रमुख सिंहले जानकारी दिए ।

नगरपालिकाको वारुणयन्त्रको प्रयोग गरी बजार परिसरमा औषधि छर्किइएको हो ।