भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, मृतकको संख्या ५०७ पुग्यो

दिल्लीमा १८ सय ९३ संक्रमित

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा दिनैपिच्छे वृद्धि हुँदै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार मल्याण मन्त्रलयका अनुसार २४ घन्टामा १३ सय ३४ नयाँ संक्रमित फेला परेका छन । यो अवधिमा २७ जनाको ज्यान गएको छ ।

आइतबारसम्म भारतमा संक्रमितको संख्या १५ हजार ७१२ पुगेको छ भने ५०७ जनाको यस महामारीले ज्यान लिइसकेको छ ।

दिल्लीमा १८ सय ९३ संक्रमित
राजधानी दिल्लीमा संक्रमितको सख्या १८ सय ९३ पुगेको छ । यहाँ ४३ जनाको मृत्यु भइसकेको छ ।

मजदूर मारमा
कोरोना संक्रमण कम गर्न सिंगो भारतमा लकडाउन गरिएपछि यसको सिधा असर मजदूर वर्गमा परेको छ । मनदूरलाई साँझ विहानाको छाक पनि मुस्किल भएको भारतीय मिडियाले जनाएका छन । अधिकांस किसानले खेतमा लगाएको बाली समेट पनि पाएका छैनन । यसले थप समस्या भएको बताइएको छ ।