ट्रम्पले फेरि दिए चीनलाई धम्की, भनेः हाम्रोभन्दा बढी मृत्यु चीनमा भएको छ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः चीनलाई धम्की दिएका छन । उनले यदि कोरोना भाइरसको जिम्मेवार चीन हो भने यसको परिणाम भोग्नुपर्ने भन्दै धम्की दिएका हुन ।

ट्रम्पले व्हाइट हाउसमा मिडियासँग कुराकानी गर्दै उनले चीनलाई एकपटक फेरि धम्की दिएका हुन । साथै उनले अमेरिकामा उठाइएका कदमको पनि पंसंसा गरे । ट्रम्पले जर्मनीलाई छोडेर अमेरिकाले अरु देशको तुलनामा सानदार काम गरिरहेको दावी पनि गरे ।

प्रति व्यक्तिको आधारमा अमेरिकाको मृत्यु दर कम भएको र खास गरि पश्चिमी युरोपको तुलनामा निकै कम भएको उनले बताए । अमेरिकाको तुलनामा फ्रान्स, इटाली, युके र स्पेनजस्ता देशको मृत्यु दर निकै ज्यादा भएको पनि उनले दावी गरे । तर उनले यसलाई तपाईँहरुले सुन्न नचाहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले यो पनि भन्न भ्याएकी फेक न्यूजमा विश्वास गर्ने हो भने त मृत्यु दरमा अमेरिका नम्बर एक देखिन्छ । तर अमेरिका शिर्ष देशमा नभएर चीन मृत्यु दरमा उच्च भएको उनले दावी गरे । ‘चीनमा हाम्रोभन्दा अधिक मृत्यु भएको छ । यो मलाई थाहा छ । तपाईँहरुलाई पनि थाहा छ । उनीहरुलाई पनि थाहा छ । तर तपाईँहरु यो भन्न मानिरहनुभएको छैन तर एक दिन म पक्कै भन्नेछु,’ ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै भने ।