अध्यादेश पासको निर्णयले नेकपामा तरंग, बोलाइयो सचिवालयको आकस्मिक बैठक

काठमाडौं । सरकारले पार्टी फुटाउन सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेलगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक बोलाइएको छ ।

मन्त्रिपरिषदले अध्यादेश पास गरेलगत्तै पूर्व माओवादीका मन्त्री प्रचण्ड निवासमा नेकपा अध्यक्ष पुष्कमल दाहालसँग छलफलमा छन ।

यता नेकपाले साढे पाँच बजे आकस्मिक सचिवालय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन ।