महिला हिंसा र बाल विवाह बढ्न सक्ने यूएनएचसीआरको चिन्ता

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र यसको मुक्तिका लागि विश्व जगतको ध्यान केन्द्रित भएका बेला हिंसाका घटना बढ्न सक्ने चिन्ता संयुक्त राष्ट्रको शरणार्थी संस्था यूएनएचसीआरले जनाएको छ ।

विस्थापित महिला, युवती र किशोरीमाथि हिंसाको खतरा यो महामारीको मौकामा सबैभन्दा बढी भएको जनाएको छ । ‘यस्तो अवस्थामा बाँच्नका लागि देह व्यापार या बालविवाह का लागि वाध्य हुनसक्छन,’  यूएनएचसीआरले भनेको छ ।

यूएनएचसीआरका सहायक उच्चायुक्त गिलियन ट्रिग्सले भनेका छन, ‘गर्नेहरुलाई कुनै अवसर दिनु हुँदैन ।’ यूएनएचसीआरले विपद रकम बाँडिरहेको पनि जनाएको छ । ट्रिग्सले सरकारले यस्तो अवस्थामा विस्थापित महिलामाथि हुनसक्ने खतरा निवारणका लागि कार्ययोजना बनाएको सुनिश्चित गर्नुपर्ने जनाएका छन ।

संयुक्त राष्ट्रले किसानका र ग्रामीण मद्दतका लागि विशेष कोषको व्यवस्था गरिएको पनि जनाएको छ । यूएनको विश्व कृषि विकास कोषले यो कोषको सुरुवात गर्दै दानका लागि अपिल गरेको जनाइएको छ । आईएफएडीले यो कोषमा चार करोड डलर सहयोग गरेको छ ।