नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, पाँच जना निको भएर घर फिर्ता

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुर जिल्लामा ११ जनामा कोरोना पोजेटिभ देखिएपछि कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको हो । यी मध्ये पाँच जना उपचारपछि निको भएर घर फर्किएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै धनगढीमा देखिएका पहिलो संक्रमित अमृत शाही एक महिनापछि निको भएर घर फर्किएका हुन । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको थियो ।