जियो प्लेटफर्ममा ४३ हजार पाँच सय ७४ करोड फेसबुकको लगानी

एजेन्सी । संसारकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले जियो प्लेटपर्ममा भारी लगानी गर्ने घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि फेसबुकले ९.९९ प्रतिशत सेयरका लागि जियो प्लेटफर्ममा ४३ हजार पाँच सय ७४ करोडको लगानी गर्ने छ ।

बुधबार भएको सम्झौताअनुसार फेसबुक अब जियो कम्पनीको सबैभन्दा ठूलो सेयर होल्डर भएको छ । यो लगानीपछि जियो प्लेटफर्मको इन्टरप्राइज भ्याल्यु ४ दशमलव ६२ लाख करोडको भएको छ ।

कम्पनीले बताएअनुसार यो सम्झौता ५.७ अर्ब डलरको छ । रिलायन्स इन्डस्ट्रिजको दुरसञ्चार नेटवर्क जियोको सतप्रतिशत हिस्सेदारी जियो प्लेटर्फ लिमिटेडसँग छ । यो सम्झौता अनुसार जियो प्लेटफर्मको सेयर मुल्य ६५.९५ अर्ब डलर मुल्यांकन गरिएको छ ।