दुबै अध्यादेश आपत्तिजनक छन, सत्ताधारी शक्ति संघर्षले, प्रतिपक्षी अहंकार र साना दल लघुताभाषले फुट्छन, संवैधानिक अध्यादेशले राज्यमा विघटन ल्याउँछः काँग्रेस नेता साउद

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री एनपी साउँदले सरकारले देश कोरोनाको संन्त्रासमा रहेको मौकामा ल्याएका दुबै अध्यादेश आपत्तिजनक, असान्दर्भिक र संविधानको भावना प्रतिकुल भएको बताएका छन ।

सरकारले ल्याएको राजनीति दल सम्बन्धी अध्यादेशले सत्ताधारी दल शक्ति संघर्षका कारण फुट्ने र प्रपितक्षी दल अहंकाका कारण फुटने आशंका पनि सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन ।

‘दल विभाजन सम्बन्धी अध्यादेशले दलहरूलाई टुट्न उत्प्रेरणा दिन्छ । यसले लोकतन्त्रलाई अस्थिर बनाउने छ,’ नेता साउदले भनेका छन, ‘यसले सत्ताधारी दलमा शक्ति संघर्षका कारण, प्रतिपक्षी दलमा अहंकारका कारण र अन्य साना दलहरू कटुता र लघुता उत्पन्न भएर बिभाजन आउने देखिन्छ । जुन देशका लागि दूर्भाग्य हुनेछ।’

सम्बैधानिक परिषद सम्बन्धी अध्यादेशले त झन राज्य विभाजन ल्याएर विघटन र संकट निम्त्याउने जिकिर नेता साउदले गरेका छन । उनले भनेका छन, ‘यो अध्यादेशले लोकतन्त्रको शक्ति सन्तुलनलाई प्रभाबित गरेकोछ । संविधानले संवैधानिक अंगको पात्रता र दायित्व सर्वस्वीकृतिबाट चयन र सम्पादन गरिनुपर्ने परिकल्पना गरेकोछ । संवैधानिक निकाय प्रमुखहरूको गणितीय विभाजनले राज्यमा विभाजन ल्याएर बिघटन र संकटलाई निम्त्याउन सक्छ।’

उनले सामाजिक सञ्जालमार्फत यो परिस्थितिमा काँग्रेसले सत्ता राजनीतिको अस्वस्थ र फोहरी खेलमा लाग्न नहुने धारणा पनि राख्दै भनेका छन, ‘सत्ता राजनीतिको फोहोरी खेलमा लाग्नुभन्दा आफ्नो संगठन विस्तार गरेर आगामी निर्वाचनमा केन्द्रित हुन जरूरी छ ।’ उनले वर्तमान संविधान विरोधी अध्यादेशको बिरोध गर्न पनि अपिल गरेका छन ।