कारोनाविरुद्ध लड्नभारतले दियो २३ टन अत्यावश्यक औषधि

काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्न भारत सरकारले २३ टन औषधि उपलब्ध गराएको छ । भारत नेपाल बीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त औषधि हस्तान्तरण गरेका हुन ।

भारतका जनताकातर्फबाट नेपालका जनताका लागि उपहार हस्तान्तरण गरिएको भनिएको सो औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधि रहेको बताइएको छ ।