कोरोना तनावः तपाईँभन्दा बढी हुनसक्छ, तपाईँको बालबालिकामा

० अक्षर विशेष

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासले संसारका अधिकांस देश लकडाउनको अवस्थामा छन । लकडाउनको सयमा सामाजिक दुरी र दिनभर कोरोनाबारेका समाचार हेर्दा, पढ्दा प्राय सबै चिन्तित हुने गरेका छन ।

विशेषज्ञहरुका अनुसार यस्तोमा डरको असर जान्ने बुझ्नेलाई मात्र होइन बालबालिकामा पनि परिरहेको छ । यद्यपित उनीहरुले अभिभावकलाई यसबारे बताउँदैनन वा भन्न जान्दैनन । तर उनीहरु पनि भावनात्मक तथा मानसिक रुपमा तनावको अवस्थामा बाँचिरहेको विज्ञहरुको भनाइ छ ।
त्यसको असर भने उनीहरुको व्यवहारमा हुने परिवर्तनबाट थाहा पाउन सकिन्छ । मनोवैज्ञानिक तथा डाक्टरहरुको भनाइ छ कि, बालबालिकासँग यसबारेमा कुराकानी गर्नुस । उनीहरुलाई आफूहरु र आफ्नो परिवार पुरा रुपमा सुरक्षित भएको विश्वास दिलाउन विज्ञहरुको सुझाव छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार लकडाउनको समयमा बालबालिकाको अनिवार्य रुटिन बनाउनु उपुयुक्त हुन्छ । जसले उनीहरुलाई व्यस्त र सकारात्मक राख्न मद्दत गरोस ।

बालबालिकामा तनावका लक्षण र उपाए
० डाक्टरहरुका अनुसार बालबालिका झोक्राउनु तनावको एक ठूलो संकेत हो । यस अवधिमा बालबालिका भावनामा कमी र स्वभावमा परिवर्तन देखिन सक्छ । तनाव र डरका कारण हार्मोन र रसायनमा परिवर्तन हुनसक्छ, जसको असर शारीरिक रुपमा पनि देख्न सकिन्छ ।

० डाक्टरहरुको सुझाव छ कि यो समय बालबालिका सँगै विताउनु उपयुक्त हुन्छ । उनीहरुलाई केही सावधानी अपनाएमा पुरा रुपमा सुरक्षित हुन सकिन्छ भन्ने भरोसा दिन आवश्यक छ । उनीहरुको एउटा गतिलो रुटिन बनाएर व्यस्त राख्नु उपयुक्त हुन्छ ।

० राम्ररी निदाउन नसक्नु, सुतेपछि पनि बीचबीचमा उठ्नु बालबालिकामा तनावको संकेत हुनसक्छ । यदि बालबालिकाको स्वास्थ्य सामान्य छ तर पनि उनीहरुमा दैनिक यस्तो व्यवहार देखिन्छ भने पक्का पनि उनीहरु तनावमा छन भन्ने बुझ्नुपर्छ ।

० यसबाट बच्नका लागि बाल बनोवैज्ञानिक र डाक्टरहरुले बालबालिकालाई बेलुकादेखि नै कुनै न कुनै रचनात्मक गतिविधिमा इंगेज गर्न सुझाएका छन ।

० घरको छत, बगैचातिर साँझको डुब्दो सूर्य देखाउने, फूलसँग खेल्ने र घुमाउने गर्नुपर्छ । यदि गर्मी ठाउँमा हुनुहुन्छ भने साँझपख बालबालिकालाई नुहाएर सुताउँदा गहिरो निद आउने डाक्टरहरुले बताएका छन ।

० बालबालिकाको पेट दुख्नु तनावको सामान्य कारण हो । चार वर्ष या त्योभन्दा माथिको उमेरका बालबालिकामा गरिएको एक अध्ययनले ९० प्रतिशतमा यो दुखाइसँग कुनै विरामीको सम्बन्ध नभेटिएको डाक्टरहरुले बताएका छन । उनीहरु समान्य र स्वस्थ्य थिए । उनीहरुको भोक र पाचन प्रक्रिया पनि सामान्य पाइएको थियो । तर यसको पछाडि तनाव नै कारण मानिएको छ ।

० डाक्टरहरुको सुझाव छ कि यस्तो अवस्थामा बालबालिकालाई अत्याधिक फाइबरयुक्त आहार दिनुपर्छ । यसले उनीहरुको कब्जियतको समस्या हुँदैन, जुन पेट दुख्ने कारण बनेको हुनसक्छ ।

० त्यसो त मुखमा छाला आउनुको कुनै कारण मानिदैन । तर तनाव यसको एक कारण मानिएको छ । क्याम्पस र स्कुलमा गरिउको एक अध्ययनले परीक्षाको समयमा छात्राहरुमा छाला आउन सुरु भएको पाइएको छ । ज्वरो या अन्य कुनै बिरामीबिना आउने छाला स्वतः हराएर जान्छ । तनाव गरम खाना र निदको गडबडीले भने ओठमा ताला उप्कने समस्या भइरहन सक्छ ।

० यदि स्वास्थ्य बालबालिकाको ओठ (मुख)मा छाला देखियो भने उनीहरुका लागि घरमा आनन्दको वातावरण बनाउन आवश्यक हुन्छ । साथै खानपिनमा पनि विशेष ध्यान दिन डाक्टरहरुले सुझाएका छन ।

० विशेषज्ञहरुका अनुसार तनाका कारण बालबालिकामा दिशापिसावको बानीमा पनि परिवर्तन आउन सक्छ । कतिपय बालबालिका सौचालय जानै डराउन सक्छन भने कतिपय बारम्बार सौचालय गइरहने हुनसक्छन । डाक्टरहरुको भनाइ छ कि, यदि बालबालिका स्वस्थ्य छन र पहिलाकोजस्तौ खानपिन गरिरहेका छन भने दिसापिसावमा गडबडीको कारण तनाव हुनसक्छ ।

० यससमयमा हामीले उनीहरुको भावनात्मक परिवर्तन बुझन जरुरी छ । यदि उनीहरु डराएको अवस्थामा छन भने उनीहरुलाई आस्वस्थ र विस्वस्थ पार्न जरुरी छ । यति गर्दा पनि उनीहरुमा यस्ता लक्षण देखिइरहे भने विशेषज्ञलाई देखाउन ढिला गर्नु हुँदैन ।

० कुनै बालबालिकाले मांसपेसी र अड्डीमा दुखाईको गुनासो गरे भने उनीहरुको शारीरिक गतिविधिमा ध्यान दिनु आवश्यक हुन्छ । यदि उनीहरु विना समस्या कुनै खेलकुदमा लागिरहेका छन भने यो अनुमान गर्नुपर्छ कि त्यो दुखाई तनावका कारण भएको हुनसक्छ ।

० बालबालिकाको ध्यान यस्तो दुखाईबाट विकेन्द्रित गर्नुपर्छ । तपाईँ स्वयं उनीहरुसँग अनेक खेलमा सहभागी बन्नुपर्छ । उनीहरुले राम्रो गरिरहेको भन्दै प्रसंसा गर्नुपर्छ । यसले उनीहरुलाई निकै राहभ महसुस गराउनेछ ।

(यो सामग्री एस. योगीले एजेन्सीको सहयोगमा तयार पारको हो)