अध्यादेशको बिरोधमा लकडाउन तोड्दै नेविसंघ सडकमा

काठमाडौं । केही दिन अघि दुईतिहाई सरकारले ल्याएको अध्यादेशहरू असंवैधानिक भएको भन्दै काँग्रसको भातृ संस्था नेवि संघले सडक आन्दोलन सुरु गरेको छ । सरकारले ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश असंवैधानिक, अराजनीतिक, असंवेदनशील तथा सनक र सत्ता राजनीतिको घृणित खेल भएको भन्दै नेविसंघले आन्दोलन सुरू गरेको नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले जनाए ।

अध्यादेश नेपाली जनताको रगत पसिनाबाट स्थापना गरेको लोकतन्त्रका निम्ति घातक भएकाले फिर्ता लिन सरकारलाई दवाब दिन शुक्रबार बिहान ९ बजे देशका ७७ वटै जिल्लाका प्रमुख स्थलहरुमा सांकेतिक बिरोध प्रदर्शन गर्ने नेविसंघको आह्वान अनुसार काठमाडौंको बबरमहलमा जिल्ला प्रशासन कार्यालयको अगाडि प्रदर्शन गरिएका नेविसंघका नेता तपेन खडकाले बताए ।

नेविसंघका महामन्त्री युवराज पाण्डेयको नेतृत्वमा नेतृ निमा गिरि, नारायण हमाल, तपेन खड्कालगायत पाँच जनाले सामाजिक दूरी कायम राख्दै, लकडाउनका सबै नियमको पालना गरेर १० मिनेट नाराबाजी गरेका थिए । उनीहरुले हातमा प्लेकार्ड तथा कालो झन्डा बोकेर मर्यादित र अनुशासित भएर बिरोध कार्यक्रम गरेको बताएका छन ।