नेतृ राणाले उपलब्ध गराइन राहत

बझाङ । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य डा आरजु राणा देउवाले बझाङका विपन्नलाई राहत उपलब्ध गराकी छन ।

थलारा गाउँपालिका १ मा कोरोना संक्रमणको त्रासका कारण गरिएको लकडाउनले दैनिक जीवन प्रभावित भएका जर्दनौ परिवारलाई राहत उपलब्ध गराइएको कृष्ण विकले जनाएका छन ।

विपन्न, गरिब र श्रमिक वर्गलाई खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको हो । राणाले उपलब्ध गराएको आर्थिक सहयोगमा खद्यान्न, दाल, तेल, नुनलगायत उपलब्ध गराइएको हो ।